माओवादीको निर्वाचन कार्यतालिका स्थगित



न्युज अफ नेपाल, काठमाडौं।

नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन अन्तर्गत निर्वाचन कार्यक्रम स्थगित भएको छ । केन्द्रीय सदस्यमा सहमति जुटाउनका लागि भन्दै निर्वाचनको कार्यक्रम स्थगित गरिएको नेता रामनारायण बिडारीले जानकारी दिए ।

उक्त निर्वाचन कार्यक्रम भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको उनले बताए । यसअघि शनिबार राति मनोनयन तथा आइतबारका मतदान गर्ने गरी निर्वाचन तालिका प्रकाशित गरिएको थियो ।

निर्वाचन तालिका अनुसार शनिबार राति ८ बजेदेखि साढे १० बजेसम्म केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता र आइतबार बिहान साढे ११ देखि ४ बजेसम्मका लागि मतदानको समय तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्