शैक्षिक बेरोजगार कम गर्न कमलामाईमा लोकसेवा तयारी कक्षा सञ्चालन



बुद्ध नेपाली, सिन्धुली । 

सिन्धुलीको कमलामाई नगरपालिकाले लोकसेवा आयोगको निःशुल्क तयारी कक्षा सुरु गरेको छ । नगरपालिकाले शैक्षिक बेरोजगार न्यूनीकरणमा जोड दिँदै निजामती सेवाको एक महिने निःशुल्क तयारी कक्षा प्रशिक्षण सुरु गरेको हो । एक महिने लोकसेवा आयोगको निःशुल्क तयारी कक्षाको शुक्रवार आयोजित एक कार्यक्रमका बिच नगरप्रमुख खड्ग बहादुर खत्रीले उद्घाटन गर्नुभएको हो ।

नगरपालिकाले गएको आर्थिक वर्ष २०६७/०७७ देखि बर्सेनि लोकसेवा आयोग तयारी कक्षा सञ्चालन गर्दै आएको छ । आर्थिक वर्ष २०७७।७८ मा भने सहभागीहरूको छनोट लगायतको तयारी गरे पनि विश्वभर फैलिएको कोरोना भाइरस९कोभिड १९० का कारण लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्न नसकिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले गएको आर्थिक वर्ष २०६७/०७७ मा जनजाति समुदायलाई लक्षित गरी लोकसेवा आयोगको तयारी निःशुल्क तयारी कक्षा सञ्चालन गरेको थियो । नगरपालिकाले यस वर्ष नायव सुब्बा/सहायक स्तर पाँचौँ, प्रहरी सहायक निरीक्षक र सहायक सेनानीको लागी लोकसेवा आयोगको तयारी कक्षा निःशुल्क सञ्चालन गरेको नगरपालिकाका सामाजिक विकास शाखाका नायब सुब्बा बबिन्द्रलाल माझीले जानकारी दिनुभयो ।

नगरपालिकाले नायव सुब्बा/ सहायक स्तर पाँचौँ, प्रहरी सहायक निरीक्षक र सहायक सेनानीको लागी ४० ÷४० जनाका दरले कुल १ सय २० जनालाई लोकसेवा आयोगको निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने तयारी गरे पनि ५८ जना भन्दा बढीको मात्रै आवेदन परेको नायव सुब्बा माझीले बताउनुभयो ।

उहाँका अनुसार नायव सुब्बा / सहायक स्तर पाँचौँको लागी ४५ जना, प्रहरी सहायक निरीक्षकको लागी १० जना र सहायक सेनानीको लागि ३ जनाले मात्रै आवेदन दिएकोले आवेदन दिने सबै ५८ जनालाई तयारी कक्षामा सहभागी गराइएको नासु माझीले जानकारी दिनुभएको छ ।

अहिले देशकै मुख्य समस्या बेरोजगारी भएकाले शैक्षिक बेरोजगारीलाई कम गर्न लोकसेवा आयोगको तयारी निःशुल्क तयारी कक्षा सञ्चालन गरिएको नगरप्रमुख खड्ग बहादुर खत्रीले बताउनुभयो । तयारी कक्षाको उद्घाटन पश्चात् सम्बोधनका क्रममा नगरप्रमुख खत्रीले सहभागी सबैलाई लोकसेवा आयोग पास गर्ने गरी ध्यान दिएर पढ्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्