टिभिएसको रेडर सार्वजनिक



काठमाडौं, (नेस) ।

शंकर गु्पअन्तर्गतको जगदम्बा मोटर्स प्रालिले, पोखरास्थित आफ्नो सोरूमबाट युवा लक्षित १ सय २५ सीसी श्रेणीअन्तर्गत अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल, टीभीएस रेडर सार्वजनिक गरेको छ ।

उक्त कार्यक्रममा सप्तरंग ३ का चर्चित गायक रामकृष्ण ढकाल, अनिल सिंह, प्रमोद खरेल, बद्री पंगेनी, गायिका मिलन नेवार र अस्मिता अधिकारी, हास्य कलाकार सन्दिप क्षेत्री, मिडिया व्यक्तित्व नरेश भट्टराई, विवेक खतिवडा र निता प्रधानाङ्ग, टिकटक स्टार उषा उप्रेतीको उपस्थितिमा सार्वजनिक गरिएको थियो ।

युवा लक्षित यस स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आइटच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्प जस्ता फस्र्ट–इन–क्लास फिचर्सका साथै फस्र्ट–इन–सेग्मेन्ट अन्डर सिट स्टोरेजपनि उपलब्ध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्