एनसीसी बैंक र होटल सिराइचुलीबीच सम्झौता



काठमाडौं, (नेस) ।

नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्षदेखि सरल, सहज र भरपर्दो बैँकिङ सेवा प्रदान गर्दै आएको एनसीसी बैंकले ग्राहकहरू माझ थुप्रै खालका सेवा सुविधाहरू ल्याउँदै आएको छ । बैँकले ल्याएका विभिन्न खालका नयाँ र आकर्षक सेवा सुविधाले ग्राहकहरू झन आकर्षित भइरहेका छन् ।

हालै एनसीसी बैंक र चितवनको भरतपुरमा रहेको ४ तारे होटल सिराइचुलीबीच विभिन्न आकर्षक छुट प्याकेजहरूमा सम्झौता भएको छ ।बैंक र होटलबीच एनसीसी बैंकको भिसा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीहरूलाई होटलमा उपलब्ध विभिन्न सेवामा विशेष छुट उपलब्ध गराउने बारे सम्झौता भएको छ ।

होटलले फुड एन्ड बेभरेजमा १० प्रतिशत, र एकोमोडेसनमा २५ प्रतिशत छुट उपलब्ध गराउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्