अपेक्षाभन्दा राजस्व असुली न्यून



काठमाडौं ।

चालु आर्थिक वर्षमा १२ खर्ब ४० अर्ब राजस्व असुली गर्ने लक्ष्य तय गरिएकोमा पछिल्लो ६ महिना १४ दिनसम्ममा ४ खर्ब ७९ अर्ब अर्थात् ३७.२७ प्रतिशत मात्र राजस्व असुली भएको छ ।

चालु आर्थिक वर्षमा सरकारले कर राजस्व १० खर्ब ६७ अर्ब, गैरकर राजस्व १ खर्ब १२ अर्ब र अनुदान ५९ अर्ब ९१ करोडसहित कुल १२ खर्ब ४० अर्ब असुलीको लक्ष्य तय गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गर्ने दैनिक बजेटरी तुलनात्मक विश्लेषण प्रतिवेदनअनुसार पौष १४ गतेसम्ममा लक्षित राजस्वमध्ये कर राजस्व ३८.०८ प्रतिशत, गैरकर राजस्व २९.६१ प्रतिशत र अनुदानवापत १०.५२ प्रतिशत मात्र असुली भएको छ ।

यसमा करराजस्व ४ खर्ब ६ अर्ब, गैरकर राजस्व ३३ अर्ब ३० करोड र अनुदानबाट ६ अर्ब ३० करोड रुपियाँ असुली भएको छ । राजस्वको सतप्रतिशत लक्ष्य पूरा गर्न ६ महिना १४ दिनसम्ममा कम्तीमा पनि ६ खर्ब ७१ अर्ब अर्थात् ५४.१६ प्रतिशत राजस्व असुली भइसकेको हुनुपर्दछ । तर, पहिलो उक्त अवधिसम्ममा लक्ष्यभन्दा १६.६८ प्रतिशत कम असुली भएको छ ।

प्रतिक्रिया दिनुहोस्