जन्ती बोकेको जिप दुर्घटनामा पाँचको मृत्यु



रौतहट ।

रौतहटमा मंगलबार जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सदरमुकाम गौरबाट जन्ती लिएर चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर ०५ पीए ६९५३ नम्बरको जिप गरुडामा बायाँ साइडको खेतमा पल्टिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा ज्यान गुमाउनेमा रौतहटको गढिमाइ नगरपालिका–३ का १६ वर्षका शेख नैवसाद, २२ वर्षका शेख सैनुल्हा, ५५ वर्षका मोसाफिर अन्सारी र २५ वर्षका शेख छोटु रहेका छन् । अर्का मृतकको भने सनाखत भइ नसकेको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय गरूडाका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्रीराम भण्डारीले जिपमा सवार ८ जनामध्‍ये ३ जना घाइते भएका र उनीहरूको गरूडा अस्पतालमा उपचार भइरहेको बताउनुभयो । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्