आजको मौसम : सामान्य बदली, हल्का वर्षा र हिमपातको सम्भावना



न्युज अफ नेपाल, काठमाडौं ।

आज देशको पहाडी तथा हिमाली भूभागहरूमा सामान्य देखि पूर्णतया बदली रहने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराइका भूभागहरुमा पनि आंशिक देखि सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मंगलबार र बुधवार सो प्रणालीले देशभर फैलिई सामान्य देखि पूर्णतया वदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरुका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।

यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोवाट बच्न र हिमपातवाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुनसमेत विभागले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्