ललितपुर चर्चमा इसाई धर्मावलम्बीहरुले यसरी मनाउँदै क्रिसमस डे (फोटो फिचर )



काठमाडाैं । 

आज इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे । क्रिसमस डे का अनुसार ललितपुरको एउटा चर्चमा इसाई धर्मावलम्बीहरुले क्रिसमस डे मनाइ हरेका छन्   । सरकारले आज सार्वजनिक बिदा दिएको छ । यद्यपि, नेपालमा शनिबार सार्वजनिक बिदा नै रहन्छ । क्रिसमसका अवसरमा आज देशभरका चर्चमा प्रार्थना लगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । क्रिसमस येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ ।

क्रिसमसको आकर्षण सान्ता क्लस हुन् । रातो टोपी लगाएका लामो सेतो दाह्री पालेका वृद्ध सान्ताले सबैलाई उपहार दिने र खुशी बाँड्ने छन् भन्ने विश्वास गरीन्छ । क्रिसमसका अवसरमा काठमाडौंको ठमेल, बौद्ध, ललितपुर, भक्तपुर, पोखरा लगायत स्थानमा विशेष रौनक छ । क्रिसमस ट्रीलगायतले बजार र ठूला व्यापारिक स्थल सजाइएको छ ।

प्रतिक्रिया दिनुहोस्