पतञ्जलि योग समिति काभ्रे र महिला समितिका पदाधिकारीहरूको पदस्थापन



मोतीराम तिमल्सिना, काभ्रे ।

पतञ्जलि योग समिति काभ्रे र पतञ्जलि महिला योग समिति काभ्रेमा नयाँ नेतृत्व चयनसँगै पदस्थापन भएको छ । बागमती प्रदेश सरकारका मन्त्री बसुन्धरा हुमागाईँको प्रमुख आतिथ्यतामा निर्विरोध निर्वाचित समितिका पदाधिकारीहरुले पदस्थापन गरेका हुन् ।

अध्यक्ष दमनकुमार श्रेष्ठले ८ वर्ष पछि नयाँ समितिलाई पदभार हस्तान्तरण गरेको बताउनु भयो । ‘योग र योगको माध्यमबाट समाज परिवर्तनमा थोरै भए पनि योगदान दिने अवसर मिल्यो’–निवर्तमान अध्यक्ष दमन श्रेष्ठले भन्नुभयो–‘विपद् तथा सामाजिक उत्तरदायित्व बहनमा पतञ्जलि योग समिति मार्फत सेवा गर्ने अवसर उपलब्ध भएकोमा योग समितिका सम्पूर्ण सदस्यहरू प्रति हार्दिक आभार व्यक्त गर्दछु ।’

निर्वाचित अध्यक्ष हरिशरण श्रेष्ठले समितिले सुरु गरेका कार्यहरूको निरन्तरता दिँदै काभ्रे जिल्लालाई योगमय बनाउने उद्घोष गर्नु भयो । पतञ्जलि योग समिति काभ्रेमा अध्यक्ष हरिशरण श्रेष्ठ, उपाध्यक्ष प्रकाश कायश्थ, महामन्त्री मोहनकृष्ण श्रेष्ठ, संगठन मन्त्री श्यामकुमार श्रेष्ठ, कोषाध्यक्ष कान्छाकुमार श्रेष्ठ, मन्त्री माधव श्रेष्ठ रहनु भएको छ ।

त्यस्तै सदस्यहरूमा रघुनाथ कपाली, सुन्दर प्रसाद कर्णजित, राजेन्द्र चण्डी, विरबहादुर पसखल, भुवन सिं कुँवर, कृष्णप्रसाद नराल, बोधनाथ बजगाई, दामोदर तिमल्सिना, शुभराज अधिकारी रहनु भएको छ भने मिडिया प्रभारी डा. कृत्ति वैद्य, संचार प्रभारी मिलन श्रेष्ठ, अडियिो भिडियो प्रभारी अकुर शाह र शिक्षा प्रभारी शम्भु कँडेल रहनु भएको छ । समितिको संरक्षकमा ग्रुवेन तौजले, सुरकृष्ण वैद्य रहनु भएको छ । सल्लाहकार समितिमा दमनकुमार श्रेष्ठ, हिटलर शाक्य, अमृतलाल पलान्चोके र उद्धवप्रसाद तिमल्सिना रहनु भएको छ ।

पतञ्जलि महिला समिति काभ्रेमा अनु श्रेष्ठ अध्यक्ष रहनु भएको छ । त्यस्तै उपाध्यक्ष इन्दिरा तौजले, महामन्त्री कमला अधिकारी, कोषाध्यक्ष निर्मला कायश्थ, संगठन मन्त्री पुण्य श्रेष्ठ, मन्त्री लक्ष्मी उलक रहनु भएको छ । सदस्यहरूमा शोभा कायश्थ, भवानी गुरुङ्ग, रामेश्वरी श्रेष्ठ, जानकी कारञ्जित, रेस्मा रञ्जितकार, शान्ति ताम्राकार, विद्या कारञ्जित, शर्मिला मानन्धर र शोभा नापित रहनु भएको छ । सल्लाहकारमा सरिता शाक्य, अंजना श्रेष्ठ, रेणुका प्रधान रहनु भएको छ । निवर्तमान अध्यक्ष अञ्जना श्रेष्ठले महिला शशत्तिकरण, नेतृत्व विकास र क्षमता अभिबृद्धीसँगै महिलाहरुको स्वस्थ रहने अभियानमा महत्वपूर्ण सफलता मिलेको बताउनु भयो । नव निर्वाचित अध्यक्ष अनु श्रेष्ठले योग मार्फत महिलाहरुको शशक्तिकरण र स्वास्थ्यमा अझै ध्यान दिने बताउनु भयो ।

कार्यक्रममा पतञ्जलि योग समिति काभ्रेका संरक्षक एवं नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य सुरकृष्ण वैद्य, पतञ्जलि योग समिति बागमती प्रदेशका अध्यक्ष ग्रुवेन तौजले, सल्लाहकार उद्धवप्रसाद तिमल्सिना, रेडक्रस काभ्रेका पुर्व सभापति रघुवर चौ प्रधान, नेपाल पत्रकार महासंघ काभ्रेका सल्लाहकार मोतीराम तिमल्सिना, युवा समिति अध्यक्ष, विभिन्न जिल्लाबाट सहभागि अध्यक्षहरू र पतञ्जलि योग समितिका विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने व्यक्तिहरूले निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै योगमय जिल्ला बनाउने अभियानमा सक्रिय रहन अनुरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्