कट्रिनालाई पूर्वप्रेमीहरूको महँगा उपहार



बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल केही दिनअघि मात्र धुमधामसँग विवाह बन्धनमा बाँधिए। राजस्थानस्थित सिक्स सेन्सेस फोर्टमा सम्पन्न विवाह समारोह उनीहरूलाई पाहुनाहरूले आशिर्वादसहित दिएको महँगा उपहारले यतिखेर चर्चा पाएको छ ।

महँगो उपहार दिनेमा कट्रिनाको पूर्वप्रेमी सलमान खान र रणवीर कपुरको नाम अगाडि रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बलिउड लाइफका अनुसार सलमान कारणवस आफ्नी पूर्वप्रेमीका कट्रिनाको विवाहमा सहभागी हुन नपाए पनि उपहार भने दिल खोलेर दिएका छन्। सलमानले विक्की र कट्रिनालाई तीन करोड भारतीय रुपियाँको रेन्ज रोभर कार उपहार दिएका थिए। सलमान र कट्रिनाको प्रेम सम्बन्ध करिब ६ वर्ष सम्म चलेको थियो।

त्यस्तै, सलमानसँग छुट्टिएपछिको उनको पूर्वप्रेमी रणवीर कपुरले पनि कट्रिनालाई २.७ करोड बराबरको हीराको हार गिफ्ट गरेका छन्। बलिउड अभिनेत्री अनुष्का शर्माले कट्रिनालाई दुई लाखको इयर रिङ दिइन् भने अभिनेता शाहरुख खानले १.५ लाखको पेन्टिङ गिफ्ट गरेका थिए। विक्कीले भने कट्रिनालाई १.३ करोडको हीराको औँठी उपहार दिएका थिए भने कट्रिनाले विक्कीलाई मुम्बईस्थित १५ करोड मूल्यको अपार्टमेन्ट उपहार दिइन्।

प्रतिक्रिया दिनुहोस्