प्रहरीद्वारा घरेलु मदिरा नष्ट



जाजरकोट ।

जाजरकोट प्रहरीले अवैध घरेलु मदिरा नष्ट गरेको छ । गत शनिबारदेखि घरेलु मदिरा नष्टको अभियान सञ्चालन गरेको प्रहरी टोलीले जाजरकोटका विभिन्न स्थानबाट १ हजार ४ सय २० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको हो ।

भेरी नगरपालिकाका विभिन्न स्थानमा खटिएको प्रहरी टोलीले अवैध घरेलु मदिरा उत्पादन गर्ने स्थानको अवलोकन गरी मदिरा नष्ट अभियान सञ्चालन गरेको प्रहरीले १ हजार ४ सय २० लिटर अवैध घरेलु मदिरा, ६ हजार ५ लिटर मदिरा निर्माणका लागि कच्चा पदार्थ बरामद गरी सरोकारवालाको रोहवारमा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

टोलीले भेरी नगरपालिकाका विभिन्न स्थानबाट २० सेट मदिरा तयारी गर्ने भाँडावर्तन, मदिरा उत्पादन गर्ने कच्चा पदार्थ ६ हजार ५ लिटर, तयार पारेको घरेलु मदिरा करिब १ हजार ४ सय २० लिटर मदिरा उत्पादनको लागि आवश्यक पार्ने कच्चा पदार्थ औषधी अन्दाजी २ किलो ग्राम नियन्त्रण गरी जनप्रतिनिधि, मालिका सामुदायिक सेवा केन्द्रका पदाधिकारीको रोहवरमा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक डीएसपी मधुकुमार थापाले बताउनुभयो ।

अवैध घरेलु मदिराकै कारण समाजमा हिंसा, हत्या, बलात्कारलगायत जघन्य आपराधिक घटना हुने शान्ति सुरक्षामा खतरा पुग्ने, एक आपसमा द्वन्द्व तनाव सिर्जना हुने समुदायलाई नै नकारात्मक असर पर्ने भएकाले घरेलु मदिरा न्यूनीकरण गरी शान्ति सुरक्षा अमनचयन कायम गर्न प्रहरीले बेला बेलामा जिल्ला प्रहरी कार्यालय जाजरकोटलगायत मतहतमा रहेका प्रहरी चौकीहरूले अवैध घरेलु मदिरा नष्टको अभियान सञ्चालन गर्दै आएको प्रहरी प्रमुख थापाले बताउनुभयो ।

घरेलु मदिराकै कारण महिला हिंसा, घरेलु हिसा, विकृति विसंगति बढ्दै जाने समाजलाई नै असर पर्ने भएकाले नागरिकलाई सार्वजनिक सूचनामार्फत उत्पादन तथा बिक्रीवितरण नगर्न आग्रह गरेको प्रहरी प्रमुख थापाले भन्नुभयो । उहाँले स्थानीय पसलहरूमा जथाभावी बेचबिखन नगर्न मदिरालाई व्यवस्थान गर्न जाजरकोटका सातवटै स्थानीय तहलाई सूचना गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डीएसपी थापाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्