२० उपसचिवलाई सहसचिवमा बढुवा गर्न सिफारिस



काठमाडौं, (नेस) ।

२० जना उपसचिवलाई सहसचिवमा बढुवा गर्न बढुवा समितिको सचिवालयले सिफारिस गरेको छ । प्रशासन सेवाका १८ र लेखापरीक्षण सेवाका २ जना उपसचिवहरु बढुवा सिफारिसमा परेका हुन् ।

सिफारिसमा परेका प्रशासन सेवाका दीपक घिमिरे, नारायणप्रसाद सापकोटा, बलराम निरौला, वेदप्रसाद खरेल, रुद्रप्रसाद पण्डित, मदन कोइराला, कोमलप्रसाद धमला, दिवस आचार्य, ईश्वरकुमार गिरी रहनुभएको छ ।

यसै गरी, बढुवाको सूचीमा परेका उपसचिवहरुमा श्रवणकुमार पोखरेल, रामबहादुर कुरुम्बाङ, गोपालकुमार अधिकारी, टुवराज पोख्रेल, वासुदेव घिमिरे, उद्धवप्रसाद रिजाल, युवराज कट्टेल, ध्रुवराज पण्डित, दीपक लामिछाने रहनुभएको छ ।

लेखा परीक्षण सेवाबाट पदमप्रसाद आचार्य र शम्भुकुमार श्रेष्ठलाई बढुवा गर्न बढुवा समितिको सचिवालयले सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्