बालुवाटारमा सर्वदलीय बैठक जारी, एमाले अनुपस्थित



न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा जारी भएको छ ।

सत्ता गठबन्धनको बैठक सकिए लगत्तै सर्वदलीय बैठक सुरु भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । संसद् अवरोध र एमसिसीलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका थिए।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित भए पनि संसदमा रहेका अन्य दलका नेताहरुले भने सहभागी भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्