बजाज खुशीका तीन डोजका विजेता छनोट



काठमाडौं ।

नेपालको लागि बजाजको बिक्रेता हंसराज हुलासचन्द एन्डले बजाज खुशीको ३ डोजको विजेता घोषणा गरेको छ । बडा दशैं, तिहार र छठको अवसरमा शुरु गरिएको खुशीको तीन डोजको विजेता बन्न सफल लालबन्दीका बिट्टु कुमार गुप्ताले १० लाख प्राप्त गर्न सफल हुनुभएको हो ।

उहाँले अर्किड्ज मोटर्स प्रालिबाट मोटरसाइकल खरिद गर्नुभएको थियो । बजाजले कुनै पनि बजाज मोटरसाइकल किन्नुभन्दा पहिले, किन्दाखेरी र किनिसकेपछि नगद पुरस्कार प्राप्त गर्ने अवसर ल्याएको छ । ग्राहकले बाइक किन्नुभन्दा पहिले १० हजार रुपियाँसम्मको अग्रिम नगद प्राप्त गर्ने अवसर पनि रहेको थियो ।

त्यसबाहेक मोटरसाइकल खरिद गर्ने बेलामा एक लाख रुपियाँसम्म नगद तथा बम्पर अफरमा मोटरसाइकल किनिसकेपछि १० रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने अवसर रहेको थियो ।

हंसराज हुलासचन्द एण्ड कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले भन्नुभयो–‘खुशीका तीन डोजमा सहभागी सम्पूर्ण उपभोक्तालाई हार्दिक धन्यवाद र विजेतालाई हार्दिक बधाई दिन चाहन्छु । हामीले सँधै हाम्रा ग्राहकवर्गको लागि उपयुक्त हुने योजना र अफर ल्याइरहेका छौँ । यो योजनामा यहाँँहरुको उत्साहजनक सहभागिताको लागि हामी आभारी छौं ।’ यसैबीच बर्दियाको गुलरियामा बजाजको नयाँ शोरुम ग्लोबल अटोमोटिभ्स प्रालि स्थापना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्