तिन पत्रकार पुरस्कृत, प्रेस चौतारी अध्यक्षमा तिमिल्सिना



सीतरामअधिकारी, धादिङ ।

प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङको ९ औँ जिल्ला अधिवेशनले शुक्रबार ३ जना पत्रकारलाई पुरस्कृत गरेको छ । प्रेस चौतारी नेपाल धादिङले स्थापना गरेको प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कारबाट २० वर्षदेखि पत्रकारितामा सक्रिय सानुबाबु तिमिल्सनिा, एक दशकभन्दा अधिदेखि क्रियाशिल शंकर श्रेष्ठ र सरिता श्रेष्ठलाई पुरस्कृत गरेको छ ।

तिमिल्सीनाछापा, रेडियो तथा टेलिभिजनमा रहेर नागरिकको अधिकार र पछाडी पारिएकाहरुको सवालमा कलम चलाउछन् । सरिता श्रेष्ठ नागरिक दैनिक, तथा स्थानीय संचारमाध्याममा कार्यरत छिन् भने राष्ट्रिय छापा माध्याम र रेडियो पत्रकारितामा सक्रिय छिन् । प्रेस चौतारी नेपालले जिल्लामा रहेर जनताको आवाज निरन्तर रुपमा बाहिर ल्याउने पत्रकारलाई दिने गरेको छ।

यसैगरि प्रेस चौतारी नेपाल धादिङको ९ औं जिल्ला अधिवेशनले सानुबाबु तिमिल्सिनालाई अध्यक्षमा निर्वाचित गरेको छ। तिमिल्सिनाको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति गठन गरेको हो । प्रेस चौतारी धादिङको नवगठित कार्य समितिको उपाध्यक्षमा श्रीहजुर सिलवाल र पवित्रा थापामगर, सचिवमा दोलख गुरुङ, कोषाध्यक्षमा उपेन्द्र अधिकारी, सह सचिवमा भुवन भण्डारी र अनिल नेपाली निर्वाचित भएको छन् ।

यस्तै कार्यसमिति सदस्यहरुमा शसीहजुर सिलवाल, गोविन्द सुवेदी, वीरमान तामाङ, आदेश अधिकारी, रन्जना थापा, विनोद तमु, राजन शाह र नवराज लामिछाने चयन भएका निर्वाचित भएका छन्। निर्वाचित कार्यसमितिलाई प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डेले पद तथा गोपनियताको सपथ गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्