थप १८४ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप १८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७२३० जनाको पीसीआर परीक्षण गर्दा १६० जना र ३७८८ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जना गरी १८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने २६७ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्