रक्त कोषिकाको जाँच गराउन आग्रह



ललितपुर, (नेस) ।

मुटु, सुगर तथा रक्तचापका बिरामीले समयसमयमा रगत तथा रक्त कोषिकाको जाँच गराउनुपर्ने सेन्टर ल्याबका डा. शंकर काफ्ले बताउनुभएको छ ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठान ललितपुर शाखा र हार्ट क्लब नेपालको संयुक्त आयोजनामा हाल्लै सम्पन्न अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले यस्तो धारणा राखेका हुन् ।

कार्यक्रममा विभिन्न रोगको प्याथोलोजी जाँच महत्वपूर्ण हुन्छ भन्नेमा जोड दिइएको थियो । विभिन्न रोगको उत्पत्ति, रोगबाट बच्ने उपाय र सतर्कताका बारेमा जानकारी दिइएको थियो ।

प्रतिष्ठानका निवर्तमान सभापति डा. पुष्पराज राजकर्णिकारको सभापतित्वमा भएको कार्यक्रममा हार्ट क्लबका अध्यक्ष विपीन राईले धन्यवाद ज्ञापन गनर्रभएको थियो । कार्यक्रमको सञ्चालन सचिव रूपककान्त राजोपाध्यायले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्