सभापति पदको दोस्रो चरणको मतदान जारी, देउवाले गरे मतदान



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सभापति पदको दोस्रो चरणको मतदान सुरु भएको छ । मतदान सुरु भए लगत्तै प्रधानमन्त्री समेत रहनुभएका सभापति उम्मेदवार शेरबहादुर देउवाले मतदान गरेका छन् ।

सभापति पदको दोस्रो चरणको मतदानमा प्रधानमन्त्री समेत रहनुभएको शेरबहादुर देउवा र डा। शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदै छ ।

पहिलो चरणमा देउवाले २२ सय ५८ मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी कोइरालाले १७ सय दुई मत ल्याएका थिए । कुल चार हजार ६९१ मतमध्ये चार हजार ६७९ मत खसेको थियो ।

काँग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुनेछ । पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएकाले अब पुनः दोस्रो चरणको मतदान हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्