प्रतिनिधि सभाको बैठकमा एमालेको नाराबाजी र अवरोध



न्युज अफ नेपाल, काठमाडौं ।

प्रतिनिधिसभाको बैठक शुरू भएलगत्तै एमाले सांसदहरूले विरोध गरेका छन् ।आफ्नो पार्टीको मुद्दा सम्बोधन नभएसम्म बैठक अवरूद्ध गर्ने एमाले संसदीय दलको बैठकले निर्णय गरेको थियो ।

आजको बैठक शुरू भएलगत्तै एमालेले सदनमा अवरोध गरेको हो । संसदीय मर्यदा कायम गर, गैरसांसदलाई सदन प्रवेश निषेध गर लगायतका नारा लगाउँदै एमाले सांसदहरूले बैठक अवरूद्ध गरेका हुन् ।

माधव नेपालसहितका नेताहरुमाथि गरिएको कार्वाहीलाई सभामुख अग्नि सापकोटाले अस्वीकार गरेपछि पार्टी फुटेको भन्दै एमालेले लगातार संसद अवरूद्ध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्