पौडेलको चियापानमा देउवा पनि सहभागी, कार्यकर्ताद्वारा नाराबाजी गर्दै विरोध



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यकर्ताका लागि बोलाएको चियापान कार्यक्रममा शेरबहादुर देउवा पनि पुगेका छन् । सभापतिका उम्मेदवार रहेका देउवा पौडेलले लैनचौरमा रहेको ब्याङकेटमा आयोजना गरेको कार्यक्रममा पुगेपछि कार्यकर्ताले उनि विरुद्ध नाराबाजी गर्दै विरोध गरेका छन् ।

ब्याङ्केटमा भेला भएका कार्यकर्ताहरूले सभापतिका उम्मेदवार शेखर कोइरालाको पक्षमा नाराबाजी गर्दै देउवालाई बोलाएकोमा विरोध गरेका हुन् । कार्यकर्ताले विरोध गरेपछि सम्बोधन गर्न मञ्चमा पुगेका पौडेलले बोल्न पाएनन्। त्यस्तै कार्यक्रममा देउवाले पनि सम्बोधन गर्न पाएनन् । सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले भने कार्यकर्तालाई सम्बोधन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्