सिंहलाई भेट्न चाक्सीबारी पुगे खाण



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणमा प्रतिस्पर्धा हुने भएको छ । जारी महाधिवेशनमा पहिलो चरणको मतदानबाट सभापति टुंगो लाग्न नसकेपछि दोस्रो चरणमा मतदान हुने भएको हो । दोस्रो चरणमा हुने चुनावका लागि शेरबहादुर देउवा र शेखर कोइराला भिड्दैछन् । पहिलो चरणमा देउवाले २२५८ मत र डा. शेखर कोइराला १७२९ प्राप्त गरेका थिए ।

अब यी दुबै जनाले चुनाव जित्नका लागि तेस्रो र चौथो स्थानमा रहेका प्रकाशमान सिंह र विमलेन्द्र निधिसँग सहकार्य गर्नुपर्ने हुन्छ। पहिलो चरणको चुनावमा सिहंले ३७१ मत र विमलेन्द्र निधिले २४९ मत प्राप्त गरेका थिए ।

सभापति चयनको लागि दोस्रो चरणको मतदान हुने भएपछि नेताहरुको दौडधुप फेरी शुरु भएको छ । देउवानिकट नेता एंव गृहमन्त्री बालकृष्ण खाण मंगलबार बिहान नेता प्रकाशमान सिंहलाई भेट्न उनकै निवास चाक्सीबारीमा पुगेका थिए ।

भेटमा खाणले सिंहसँग देउवालाई सघाउने प्रस्ताव राखेका छन् । जवाफमा सिंहले आफ्नो समूहमा छलफल गरेर कसलाई सघाउने भन्ने निर्णय गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्