अपडेट : अग्रता बढाउँदै देउवा, २१०६ गणनामा ९९१ मत पाए



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म सभापतिमा २ हजार १०६ मत गणना गर्दा शेरबहादुर देउवाको अग्रता कायमै छ । उनले ९९१ मत पाएका छन् । उनलाई पछ्याइरहेका अर्का उम्मेदवार डा. शेखर कोइरालाले ७६२ मत पाएका छन् ।

त्यसैगरी प्रकाशमान सिंहले १७४ मत, विमलेन्द्र निधिले १३७ मत र कल्याण गुरुङले ९ मत पाएका छन् ।

कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो । कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनु पर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्