कांग्रेस सहमहामन्त्रीमा बद्री पाण्डे र मानबहादुर विश्वकर्माको उम्मेदवारी



न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनअन्तर्गत शनिबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ ।बाजुराका बद्री पाण्डे र अर्घाखाँचीका मानबहादुर विश्वकर्माले सहमहामन्त्रीमा उम्मेदवारी दर्ता गराएका छन् ।

पाण्डेले पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् । भने सहमहामन्त्री पदमा देउवा पक्षबाट समावेशी दलिततर्फ विश्वकर्माले पनि उम्मेदवारी दिएका छन् ।

सभापति पद र प्यानल निर्माणमा शीर्ष नेताहरू आन्तरिक छलफलमा व्यस्त रहेका बेला उनीहरू मनोनयन दर्ता सुरु भएलगत्तै आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।शुक्रबार भृकुटीमण्डपमा उद्घाटन सत्र कार्यक्रम गरेको कांग्रेसले मनोनयन दर्ता भने राष्ट्रियसभा गृहमा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्