क्षेत्रीय सहयोग र एकतालाई सुदृढ गर्न भारत प्रतिबद्ध : मोदी



इन्डिया न्युज नेटवर्क ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को ३७औँ बडापत्र दिवसमा मंगलबार सबै राष्ट्रका जनतालाई बधाई दिँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत क्षेत्रीय सहयोग र एकीकरणलाई सुदृढ गर्न प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री मोदीले आफ्नो लिखित सन्देशमा सार्क राष्ट्रका सम्पूर्ण जनतालाई यस अवसरमा बधाई सन्देश दिनु भएको छ ।

‘सार्कको संस्थापक सदस्यको रूपमा, भारत यस क्षेत्रका सबै देशहरूको विकास र प्रगतिका लागि विभिन्न पहलहरू मार्फत क्षेत्रीय सहयोग र एकीकरणलाई सुदृढ गर्न प्रतिबद्ध छ ।’ ‘सार्क सदस्य राष्ट्र सँग भारत आफ्नो आर्थिक, वैज्ञानिक र प्राविधिक प्रगति साझा गर्न र यस क्षेत्रका जनताको कल्याण र बृहत्तर हित गर्न जारी राख्ने छ ।’

‘कोभिड १९ महामारीको क्रममा हाम्रा देशले उत्कृष्ट सहकार्य गरेका छन् । औषधि, चिकित्सा उपकरण, खोप लगायत स्रोतसाधनको बाँडफाँड र क्षमता अभिवृद्धि पहलमार्फत विज्ञता अभिवृद्धि गरेर महामारीको प्रभावलाई न्यूनिकरण गरिएको छ,’ प्रधानमन्त्रीले भनेका छन् ।

प्रधानमन्त्री मोदीले यस क्षेत्रमा शान्ति र सुरक्षालाई सुदृढ गर्दै, नतिजामुखी दृष्टिकोणका साथ अनुकूल वातावरण मिलाएर सार्कको लक्ष्य र उद्देश्यहरू प्राप्त गरिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्