भारतीय सेना प्रमुख सवार हेलिकप्टर दुर्घटना, ११ जनाको मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।

भारतीय स्थल सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटना भएको छ । भारतको निलगिरीस्थित कन्नुरमा दुर्घटना हुँदा ११ जनाको मृत्यु पुष्टि भएको छ ।  अन्य ३ जनाको उद्धारपछि उपचार भइरहेको छ । उद्धार गरेर उपचार भइरहेका व्यक्तिको परिचय खुलाइएको छैन । हेलिकप्टरमा रावत र उनकी पत्नीसहित १४ जना सवार थिए ।

दुर्घटनास्थलमा घना जंगल भएकाले हेलिकप्टर दुर्घटनास्थलमा आगोको मुस्लो देखिएको छ । हाल घटनास्थलमा सेना, प्रहरीको बाक्लो उपस्थिती छ । उनीहरु त्यहाँ मुचुल्का उठाउने र घटनास्थलबारे जानकारी संकलन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्