भारतीय सेना प्रमुख रावत चढेको हेलिकोप्टर दुर्घटना



काठमाडौं ।

भारतीय सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर तमिलनाडुको कुन्नुरमा दुर्घटना भएको छ ।

उक्त हेलिकोप्टरमा सेनापति रावतसँगै उनको परिवार पनि सवार रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । सञ्चारमाध्यमहरूका अनुसार दुर्घटनामा घाइते भएकाहरुलाई उद्धार गरी अस्पताल लगिएको छ ।

दुर्घटनाका बारेमा भारतीय सेनाले भने औपचारिक जानकारी दिएको छैन । दुर्घटना के कारणले भयो भन्ने पनि खुल्न नसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्