यमन र निशाले गाए पनौतीको मकर मेला



गायक गायिका यमन श्रेष्ठ र निशा देशारको स्वरमा पन्तियः मकर मेला बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ।

हालै शताब्दी पुरुष सत्यमोहन जोशीको निवासमा एक कार्यक्रम आयोजना गरी गीत सार्वजनिक गरिएको हो। पनौतीमा हरेक १२ वर्षमा लाग्ने मकर मेलालाई लक्षित गरी नेवारी भाषामा लेखिएको गीतमा भोला श्रेष्ठको शब्द रचना रहेको छ।

संगीत सुरेश अधिकारीले भरेका छन्। नेवारी भेषभूषाको प्रयोग गरी विभिन्न धार्मिकस्थल तथा मठ मन्दिरमा छायांकन गरिएको गीतको म्युजिक भिडियोमा मोडलहरू मनोज वली र श्रीया कार्कीले अभिनय गरेका छन्।

देवेन्द्र पाण्डेको निर्देशन र कोरियोग्राफी रहेको गीतको म्युजिक भिडियोमा उत्सव दाहालको छायांकन र विकाश दाहालको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्