सेतीमा बेपत्ता युवतीको शव भेटियो



डोटी ।

डोटीको सेती नदीमा १० दिन पहिले हाम फालेर बेपत्ता भएकी दिपायल सिलगढी नगरपालिका–२ की २२ वर्षीय तुलसी बोगटीको मंगलबार शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक रवीन्द्रले सेतीमा हाम फालेर बेपत्ता भएकी युवतीको शव दिपायल सिलगढी नगरपालिका–५ घोलतडा नजिक नदीमा बगिरहेको अवस्थामा फेला परेको बताउनुभयो ।

‘शव भेटिएपछि आफन्तलाई जानकारी गराइसकेका छौं’ – उहाँले भन्नुभयो । मंसिर १० गते बिहान युवतीले सेती नदीको पक्की पुलबाट हाम फालेर बेपत्ता भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्