२४ करोड राजस्व छली गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा



काठमाडौं । 

राजस्व अनुसन्धान विभागले साढे २४ करोड रुपियाँ राजस्व चुहावट गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले बाराको करैया गाउँपालिका– ७ को यादव बिजनेश ट्रेड लिंकका प्रोपाइटरसहित पाँच जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

विभागले उक्त ट्रेडका प्रोपाइटर सोनालाल प्रसाद यादव, जयकिशोर साह, परमेश्वर शाह, मुकेशकुमार झा र सानुकुमार श्रेष्ठविरुद्ध २४ करोड ४१ लाख २२ हजार ४६६ रुपियँँ सजायको माग दाबीसहित मुद्दा दायर गरेको हो । जसमा १२ करोड २० लाख ६१ हजार २३३ रुपियाँ विगोको शतप्रतिशत सजाय हुने बिगो रहेको छ ।

वस्तु तथा सेवा खरिद नै नगरी झुठा तथा नक्कली मूल्य अभिबृद्धिकर विजक मात्र खरिद गरी मूल्य अभिबृद्धि कर र आयकर समेतको राजस्व चुहावट गरेको विभागको आरोप छ । उनीहरुविरुद्ध जरिवानासहित तीन वर्षको कैद सजाय माग दाबी गरी अभियोग पत्र दायर गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्