भिडियोमा म तिम्रो पीपल



गीतकार तथा पत्रकार डब्बु क्षत्रीको शब्दमा नयाँ गीत म तिम्रो पीपल म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ।
राजेन्द्र बजगाईंले संगीत भरेको गीतमा संगीत संयोजन पनि उनकै छ।

युगल स्वरमा रहेको आधुनिक प्रेम भावको गीत गायक सविन सुवेदी र गायिका बिन्दु परियारले गाएका छन्। गीतको म्युजिक भिडियोलाई केशव राज भट्टले निर्देशन गरेका छन्, कोरियोग्राफी पनि उनकै रहेको छ। गीतको भिडियोबाट विश्व राजाले मोडलिङमा डेब्यु पाएका छन्।

हालै सार्वजनिक गरिएको म्युजिक भिडियोमा विश्व राजा र समिरा खड्काले अभिनय गरेका छन्। गीतको भावलाई यी दुईले अभिनयबाट सार्थक तुल्याएका छन्। म्युजिक भिडियोमा बुद्ध थापाको छायांकन र दिनशन शाहको सम्पादन रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्