प्रधानको समर्थन इन्द्र बानियाँलाई



काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिमा भीमसेनदास प्रधानले इन्द्र बानियाँलाई समर्थन गरेका छन् ।

पहिलो चरणमा सभापति पदका तीन उम्मेदवारमध्ये कसैले पनि बहुमत नल्याएपछि कांग्रेस बागमती प्रदेश सभापतिका लागि आइतबार दोस्रो चरणमा मतदान हुँदैछ । पहिलो चरणमा सभापति पदमा इन्द्र बानियाँ, जगदिश्वर नरसिंह केसी र प्रधान उम्मेदवार थिए । पहिलो चरणमा तेस्रो बढी मत ल्याएका प्रधानले दोस्रो चरणको मतदानमा बानियाँलाई समर्थन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्