ब्राइटर र नेरा माविको जित



हेटौंडा, (नेस) । 

सिमरामा जारी अन्तरविद्यालय फुटबल प्रतियोगितामा ब्राइटर एकेडेमी सिमरा र नेपाल राष्ट्रिय मावि सिमरा विजयी भएका छन् ।
सिमरा रंगशालामा शनिबार भएको पहिलो खेलमा जीतपुरसिमरा–१, पथलैयाको होलीगार्डेन इंग्लिस स्कुललाई १–० ले हराउ“दै ब्राइटरले पहिलो जित दर्ता गरेको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा जितका लागि ब्राइटरलाई अन्तिम समयसम्म संघर्ष गर्नुप¥यो । खेलको ५८औं मिनेटमा जयराम महतोले गरेको गोल नै निर्णायक बन्यो । टिमलाई संघर्षपूर्ण जित दिलाएका महतो खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए ।शनिबार नै भएको दोस्रो खेलमा नेपाल राष्ट्रिय मावि पथलैयालाई ३–१ ले हराउ“दै नेपाल राष्ट्रिय मावि सिमरा विजयी भएको हो । सिमराको जितका लागि साहिल मोक्तान एक्लैले २ गोल गरे । अर्को एक गोल किसन यादवले गरेका थिए ।

‘म्यान अफ दी म्याच’ बनेका साहिलले खेलको २५औं मिनेटमा पहिलो गोल गरेका थिए । ३६ औं मिनेटमा किसनले एक गोल थप्दै टिमलाई २–० को अग्रता दिलाए । पथलैयाका लागि रिजन लामाले ४३ औं मिनेटमा गोल गर्दै २–१ को स्थितिमा पु¥याएका थिए । तर, सिमराका लागि अन्तिम मिनेटमा साहिलले व्यक्तिगत दोस्रो गोल गर्दा पथलैयाले ३–१ को हार बेहो-यो ।

ग्रासरुट फाउन्डेसनको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत् आइतबार पहिलो खेलमा सेन्टपिटर्स एकेडेमी र सिमरा पब्लिक इंग्लिस स्कुल खेल्नेछन् भने दोस्रो खेल पाथीभरा बोर्डिङ स्कुल र नोबेल एकेडेमीबीच हुने प्रतियोगिता संयोजक सोनु क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्