बाह्रबिसे कपको उपाधि रत्न र रशिलालाई



काठमाडौं ।

सिन्धुपाल्चोकको बाह्रबिसेमा भएको बाह्रबिसे कप ब्याडमिन्टन २०७८ खुल्ला राष्ट्रव्यापी ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको उपाधि सेनाका रत्नजित तामाङले जितेका छन् ।

सेनाको बर्चस्व रहेको प्रतियोगितामा रत्नले सेनाकै नविन श्रेष्ठमाथि २१–१८, २१–१९ को जित निकाल्दै उपाधि उचालेका हुन् । रत्नले उपाधिका साथै नगद १ लाख २५ हजार प्राप्त गरे । दोश्रो भएका नवीनले नगद ६५ हजार प्राप्त गरे । मंसिर १५ देखि शुरू भएको प्रतियोगिताको महिला एकलतर्फ सेनाकी रशिला महर्जनले सेनाकै अमिता गिरीमाथि को जित निकाल्दै उपाधि कब्जा गरिन् । उनले उपाधि हात पार्ने क्रममा गिरीमाथि २१–१६, २१–१६ को समान अन्तरले पराजित गरिन् । रशिलाले नगद ५० हजार र गिरीले २५ हजार हासिल गरे ।

उच्च २० वरीयतादेखि बाहेकका पुरुष युगलतर्फको खेलमा कास्कीका विधान अधिकारी र विशाल खड्काले उपाधि जिते । अधिकारी र खड्काको जोडीले सेनाका पविन लिनथेप र सुरोज महर्जनको जोडीलाई २१–१६, २१–१७ ले पराजित गर्दै उपाधि उचालेका हुन् । पुरुष युगलतर्फ विजयी र उपविजयी खेलाडीहरूले क्रमशः नगद १ लाख र ५० हजार प्राप्त गरे ।

जिल्लास्तरिय पुरुष युगलतर्फको प्रतिस्पर्धामा बाह्रबिसेका अभिषेक गुरुङ र रमेश शेर्पाको जोडीले बाजी मारे । उक्त जोडीले चौताराका प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठको जोडीलाई २१–१२, १८–२१, २१–१६ ले पराजित गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्