राप्रपा महाधिवेशनमा रेखा थापालाई पराजित गर्दै कुन्ती शाही बिजयी



न्युज अफ नेपाल काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्रीमा कुन्तीकुमारी शाही निर्वाचित भएकी छन् । महिलातर्फको महामन्त्री पदमा नायिका रेखा थापालाई पराजित गर्दै कमल थापा पक्षकी कुन्ती शाही महामन्त्रीमा विजयी भएकी हुन् ।

आइतबार बिहान मत परिणाम अनुसार शाहीले २००८ मत ल्याउँदा थापा १६४० मत मात्र प्राप्त गरिन् । शाही कमल थापा प्यानलबाट महामन्त्रीको उम्मेदवारी थिइन् भने थापा राजेन्द्र लिङ्देन​को समूहबाट लडेकी थिइन् । अध्यक्षमा राजेन्द्र विजयी भए पनि महामन्त्रीमा थापा पराजित भएकी छन् । तीन उपाध्यक्षमा विक्रम पाण्डे २५ सय २१ मत, ध्रुव बहादुर प्रधान १८ सय १४ मत र बुद्दिमान तामाङ १९ सय ४४ मत ल्याएर निर्वाचित भएका छन् । उपाध्यक्ष महिलातर्फ रोशन कार्कीले १५ सय ८९ मत ल्याएर विजयी भएकी हुन् । दुई पुरुष महामन्त्रीमा डा  धवल समशेर २२२१ मत र भुवन पाठकले १७०५ मत ल्याएर विजयी भएका छन्।

प्रतिक्रिया दिनुहोस्