राप्रपा महाधिवेशन राति १० बजेसम्म मतदान हुने (फोटो फिचर )



न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)मा मतदान जारी छ। मतदानस्थलमा प्रहरीले सुरक्षा व्यवस्था कडा गरेको छ। अध्यक्ष पदका उम्मेदवार राजेन्द्र लिङ्देनले मतदान गरेका छन्।

बिहानै ११ बजेदेखि सुरू गरिने भनिए पनि राप्रपा मतदान झन्डै १२ बजेबाट मात्र सुरू भएको हो। मतदान गर्न भृकुटीमण्डपमा महिला र पुरूष दुइटा लाइनमा बसेका छन्।मतदान राति १० बजेसम्म जारी रहने निर्वाचन समितिले जनाएको छ। अध्यक्षबाहेक पदाधिकारी र केन्द्रीय सदस्यहरूका लागि इलेक्ट्रोनिक बुथ राखिएको छ। एक पटकमा ८६ जनाले भोट हाल्न सकिने गरी ८६ वटा मतदान बुथ राखिएको निर्वाचन समिति सदस्यले बताए ।

अध्यक्षसहित सबै पदाधिकारी तथा सदस्यको मतपरिणाम एकैसाथ आउने उनले बताए। राप्रपामा १४९ जनाका लागि उम्मेदवारी संख्या २७० परेको छ। मतदाता संख्या ४ हजार ३८० जना रहेका छन्। अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङ्देनले प्रतिस्पर्धा गर्दैछन्।

फोटो : उजोल डंगोल

 

प्रतिक्रिया दिनुहोस्