व्यापारीले पत्नीका लागि ताजमहलजस्तै घर बनाए



नयाँदिल्ली, (एजेन्सी) । 

भारतका एकजना ५२ वर्षीय व्यापारीले विश्वकै गौरवको रूपमा रहेको आगरास्थित ताजमहलको हु–बहु नमुनाको नक्कल गर्दै आफ्नी २७ वर्षीया पत्नी मन्जुशालाई घर बनाइदिएका छन् । आनन्द प्रकाश चोउक्सीले भारतको केन्द्रीय राज्य मध्य प्रदेशको बर्हानपुर शहरमा आफ्नो ‘प्रेमको स्मारक’ निर्माण गरेका हुन् ।

उनले विविसिलाई भनेका छन्, ‘यो उपहार मेरी पत्नीलाई मात्र नभई यस शहर र यहाँका वासिन्दाका लागि पनि हो । यसको निर्माणका लागि २ करोड भारु खर्च भएको छ ।’ ताजमहललाई स्मरण गराउने खालको या घर बनाउन तीन वर्ष लागेको थियो ।

सत्रौं शताब्दीको समाधि ताजमहल आगरामा छ । आफ्नी महारानी मुमताजको सम्झनामा मुगल सम्राट शाह जहाँले यो बनाएका थिए ।चौधौं बच्चा जन्माउने क्रममा मुमताजको निधन भएको थियो । संगमरमरले बनेको ताज महल भारतको सबैभन्दा ठूलो पर्यटकीय आकर्षण स्थलमध्ये एक हुन् । ५० एकड जमिनमा चोउक्सीले बनाएको यो चारवटा शयनकक्ष भएको घरको परिसरमा एउटा अस्पताल पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्