काभ्रेमा घरेलु हिंसा पछि आत्महत्या तीन वर्षमा २३ को ज्यान गयो



मोतीराम तिमल्सिना, धुलिखेल । 

जिल्ला प्रहरी कार्यालय काभ्रेले घरेलु हिंसा, आत्महत्या, बालविवाह, यौनजन्य अपराध र साईबर अपराध न्युनिकरण गर्न विशेष अभियान शुरु गरेको छ । प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले अपराध न्युनिकरण र नियन्त्रणका लागि विशेष टोली परिचालन गरिएको बताउनु भयो । घरेलु हिंसा पछि आत्महत्या गर्ने क्रम बढिरहेको छ । तीन वर्षमा २३ जनाले आत्महत्या गरेको भए पनि पछिल्लो आर्थिक वर्षमा ११ जनाले आत्महत्या गरेका छन् ।

जिल्लामा भएका घटना र त्यसमा प्रहरीले गरेको अनुसन्धानका बारेमा जानकारी लिने उदेश्यले राष्ट्रिय महिला आयोगका सदस्य कृष्णकुमारी पौडेल खतिवडाको टोलीले जानकारी लिएको छ । जिल्ला प्रहरी कार्यालयमा भएका महिला तथा बालबालिका र जेष्ठ नागरिक सम्वन्धी मुद्दाहरुको निरिक्षण गरी सुझाव दिएको छ । प्रहरी कार्यालयका तर्फबाट प्रहरी नायव उपरीक्षक हरि खतिवडा र प्रहरी निरिक्षक सञ्चिता श्रेष्ठले दर्ता हुन आएका घटना र अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो । काभ्रे जिल्लामा दर्ता हुने महिला तथा बालबालिका सम्बन्धी अपराध सम्वन्धी विशेष घटनाहरु घरेलु हिंसा, आत्महत्या, बाल विवाह, यौनजन्य अपराध, साइबर अपराध लगायत छन् । सबै भन्दा धेरै आत्महत्याका घटना रहेको प्रहरीले जानकारी गराएको छ ।

संसारभर नेपाल सातौं स्थानमा पर्ने डब्लुएचओले जनाएको छ । त्यस मध्ये नेपालमा पुरुषको तुलनामा महिलाले धेरै आत्महत्या गर्ने गरेका छन् । तर काभ्रेमा महिला भन्दा धेरै पुरुषले आत्महत्या गरेका छन् । आत्महत्या गर्ने महिलाको तथ्यांकलाई हेर्ने हो भने नेपाल तेस्रो स्थानमा पर्छ । नेपालमा बर्सेनि औसत ८,६४० जना मानिसले आत्महत्या गर्ने गरेका छन् । डिप्रेसन नै आत्महत्याको प्रमुख कारण हो । कष्टदायक वैवाहिक जीवन, घरेलु झै–झगडा, परीक्षामा असफलता, प्रेममा बिछोड तथा असफलता, मद्यपान तथा दुव्र्यसन लगायतले आत्महत्या गरिरहेको प्रहरीले बताएको छ । काभ्रेपलाञ्चोक जिल्लामा आर्थिक वर्ष २०७५-२०७६ मा १ सय २, २०७६÷२०७७ मा १ सय ३६ र २०७७÷२०७८ मा १ सय ३६ गरी तीन वर्षमा ३ सय ७४ जनाले आत्महत्या गरेका छन् । विष खाएर १ सय २२ ले आत्महत्या गरे भने झुण्डिएर २ सय ५२ जनाले आत्महत्या गरेका छन् ।

लिङ्गका आधारमा आत्महत्या गर्नेहरुमा तीन वर्षमा २ सय ६ जना पुरुषले आत्महत्या गरेका छन् भने १ सय ४६ जना महिलाले आत्महत्या गरेका छन् । विवाहित २ सय ८७ र अविवाहित ८७ जना छन् । बालक ७ जना, बालिका १५ जनाले आत्महत्या गरेका छन् । बालबालिकाहरुले आत्महत्या गर्न थालेपछि प्रहरीले विद्यालय स्तरमै जनचेतनामुलक कार्यक्रम संचालन गरिरहेको बताएको छ । कोभिड १९ को महामारी तथा अन्य विविध कारण जनचेतनामुलक कार्यक्रम प्रभावकारी हुन सकेको छैन । १६ वर्ष मुनीका १६ जना र ६० वर्ष भन्दा माथीका ३३ जना ब्यक्तिहरुलाई परिवारको संरक्षण नभएका कारण आत्महत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । अपराधको महत्वपूर्ण कारण बाल विवाह सामाजिक अवस्था, यौनजन्य अपराध रहेका छन् । पछिल्लो समय बालयौन दुब्र्यवहार, जर्बजस्ति करणी, सार्वजनिक स्थलमा हुने यौन दुब्र्यवहार, घरेलु हिंसा सम्बन्धि घटना भईरहेका छन ।

हरेक वर्ष बालविवाह सम्वन्धी उजुरी दर्ता हुने गरेको भए पनि ब्याप्त बालविवाहका सन्र्दभमा उजुरी आउनै सकेका छैनन । हरेक वर्ष दुईवटाका दरले उजुरी दर्ता भएको छ । घरेलु हिंसा सम्वन्धी उजुरी आर्थिक वर्ष २०७५-२०७६ मा २ सय ३४, २०७६-२०७७ मा २१६ र २०७७-२०७८ मा १ सय ७८, चालु वर्षको श्रावण महिनामा २७, भाद्रमा ३१ र असोजमा १७ वटा दर्ता भएका छन् । उजुरी दर्ता गरी सम्पर्कमै नआउने, प्रहरीकोमा मिलापत्र हुन नसकी अदालत जाने भन्दा मिलापत्र गरेर फर्कनेहरुको संख्या धेरै छ । महिला हराएका मुद्दाहरु पनि प्रहरी कार्यालयमा दर्ता भएका छन् । घरेलु हिंसाकै कारण बर्षेनी महिलाहरुले ज्यान गुमाउनु परेको छ । स्थानीय सरकार, न्यायिक समिति तथा जनप्रतिनिधिको प्रयासले पनि घरेलु हिंसा नियन्त्रण छैन ।

काभ्रेपलाञ्चोक जिल्लामा घरेलु हिंसाका कारण आर्थिक वर्ष २०७५-२०७६ मा ५ जना, २०७६-२०७७ मा ७ जना र २०७७-२०७८ मा ११ जना गरी तीन वर्षको अवधीमा २३ जनाले आत्महत्या गरेका छन् । प्रहरी कार्यालयमा दर्ता भएका अधिकांश घरेलु् हिंसाका घटनाहरु मिलापत्रमा टुङ्गिने गरेका छन् । प्रहरीले बालक्लवका सदस्यहरुसँग बालबालिका विरुद्धको अपराध र रोकथाम सम्वन्धी एक दिने अनुशिक्षण सम्पन्न गरेको छ भने महिला सञ्जालका प्रतिनिधिहरुसँग मानव अधिकार र बाल सुधार गृहको कार्य सम्पादन सम्वन्धी अनुशिक्षण सम्पन्न गरेको छ ।

जेष्ठ नागरिकहरुसँग उहाँहरुका समस्या र गुनासा सुन्ने र उहाँहरुमा भएका समस्याको समाधानका लागि प्रहरीले शुभकामना आदान प्रदान गरेको छ । सार्वजनिक स्थल तथा सार्वजनिक सवारी साधनमा महिला विरुद्ध हुने यौनजन्य हिंसा विरुद्धको अभियान संचालन गरेको छ । प्रहरीले हिरासत कक्षका थुनुवाहरुका समस्या र गुनासोको सम्बोधन गरेको छ ।

जिल्लामा आत्महत्या गर्नेहरुको संख्या

आ ब  ०७५र०७६ ०७६र०७७ ०७७र०७८ जम्मा
विष खाएर ३० ४९ ४३ १२२
झुण्डिएर ७२ ८७ ९३ २५२
जम्मा १०२ १३६ १३६ ३७४

प्रतिक्रिया दिनुहोस्