निसास्सिएर एकै परिवारका तीनको मृत्यु



A scenic shot of beautifully textured white vape smoke indoors, being backlit by the sunlight.

दोलखा, (नेस) ।

दोलखाको तामाकोसी गाउँपालिका–२ झुलेमा निसास्सिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।मंगलबार राति १० बजेतिर निसास्सिएर श्याम तामाङ, उनको श्रीमती अम्बिका तमाङ र पाँचदिने नाबालक छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक अञ्जन कोइरालाले जानकारी दिनुभयो ।

घट्नाको प्रकृति हेर्दा ढोका या झ्याल खोल्ने प्रयत्न भएको नदेखिएकाले उनीहरु निदाएकै अवस्थामा निसास्सिएर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
भूकम्पपछि बनाएको एकतले घरमा सुत्केरी श्रीमती र नाबालक छोरालाई न्यानो बनाउन गोल बालेर सुतेका उनीहरुको धूँवाले निसास्सिएर मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको प्रहरी निरीक्षक कोइरालाले जानकारी दिनुभयो ।मृतक श्यामको घरमा बुधबार बिहान कोही नउठेपछि छिमेकीले बोलाउन जाँदा उनीहरुलाई मृत अवस्थामा देखेका थिए ।

त्यसपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । घट्नाका बारेमा थप अनुसन्धान भइरहेको घट्नास्थलबाट प्रहरी निरीक्षक कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्