पुस १५ मा हरर कठपुतली



तिहारमा रिलिज भएको बलिउड फिल्म सूर्यवंशीले हलमा दर्शक फर्काएपछि नेपाली निर्मातामा झन् मनोबल बढेको छ। मनोेबल बढेसँगै नेपालीफिल्मको रिलिजमितिपनितोक्नथालिएको छ।

यसै बीच, हरर फिल्म कठ पुतलीले पनि रिलिज डेट घोषणा गरेको छ। फिल्म अंग्रेजी नयाँ वर्षको अवसर पारेर आगामी पुस १५ गते रिलिजहुने भएको छ। तमु ल्होसारको सार्वजनिक बिदा परेकाले फिल्म बिहीबारबाटै रिलिजमा आउने यसको निर्माण समूहले जानकारी गराएको हो। यसको निर्माण समूले तमु ल्होसारको सार्वजनिक बिदालाई मध्यनजर राख्दै फिल्म प्रदर्शन गर्न लागेको हो । सम्पदा मल्लले लेखेको फिल्मका निर्देशक भीमसेन लामा हुन्।

हालै अमेरिकाको प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म महोत्सव विन्टर फिल्म अवार्डमा दुई अवार्ड जितेको कठ पुतलीमा गौरी मल्ल, मिथिलाशर्मा, कर्मा, शिल्पा मास्के, उषा रजक, सुवर्ण थापालगायतले अभिनय गरेका छन्। पृथ्वी राना मगर निर्माता रहेको फिल्मको कार्यकारी निर्माता सम्पदा मल्ल, सह–निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन्।

फिल्मको पोस्ट प्रोडक्सनको सम्पूर्ण काम लन्डनको स्टुडियोमा भएको हो। पृथ्वी राना प्रोडक्सनको ब्यानरमा निर्मित कठपुतली नेपालमा बनेकाअन्य हरर फिल्म भन्दाभिन्न रहेको निर्देशकलामाको दाबी छ। फिल्मका सिनेमाटोग्राफर जोएलफ्रुमले अस्ट्रेलियन सिनेमाटोग्राफर सोसाइटीले प्रदान गर्ने अवार्डमा फिचर फिल्म अन्तर्गत बेस्ट सिनेमाटो ग्राफर अवार्ड २०२१ समेत जितेका छन्।

प्रतिक्रिया दिनुहोस्