कांग्रेसको सहमहामन्त्रीमा उम्मेदवारी दिने बद्री पाण्डेको घोषणा



न्युज अफ नेपाल, काठमाडौं ।

कांग्रेसको १४ औं महाधिवेशनका लागि केन्द्रीय सदस्य बद्री पाण्डेले पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले सोमबार उम्मेदवारी घोषणा गरेका हुन्।

उम्मेदवार घोषणा गदै उनले संगठन सुदृढीकरण आजको आवश्यकता रहेको औंल्याए। उनले भने निषेधको राजनीतिका कारण कम्युनिस्टहरू हाबी भएकाले अब कांग्रेसको नेतृत्वले सूचक्रमा नेपालको राजनीति लैजानुपर्छ। यसैका लागि उम्मेदवारी दिएको जानकारि दिए  ।

 

प्रतिक्रिया दिनुहोस्