बुटवलमा विद्युत जडान गर्दा करेन्ट लागेर एक जनाको मृत्यु



यमलाल भुसाल, बुटवल ।

बुटवल उपमहानगरपालिकाको नयाँ बनेको प्रशासकीय भवनको साइडमा विद्युतको पोल गाड्ने क्रममा थ्रिफेज लाइनमा करेन्ट लागेर एक जना कर्मचारीको मृत्यु भएको छ । नेपाल विद्युत् प्राधिकरणका कर्मचारी अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ९ घर भई बुटवल गोलपार्क बस्दै आएका ४७ वर्षीय वसन्त भुसालको करेन्ट लागेर मृत्यु भएको हो ।

घटनामा बुटवल–४ का २८ वर्षीय जितेन्द्र लोध र बर्दियाको राजापुर घर भई बुटवल–३ बस्दै आएका २८ वर्षीय राजगोपाल चौधरी घाइते भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक पङ्कज चुंदालीले जानकारी दिनुभयो । घाइते दुवै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्