अझै सुरु भएन एमालेको बन्द सत्र



न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेको बन्द सत्र अहिलेसम्म सुरु हुन सकेको छैन । आइतबार विहान १० बजेका लागि बोलाइएको बन्द सत्र अझैसम्म सुरु हुन नसकेको हाे । एमाले दसौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि आज तेस्राे दिन पनि बन्द सत्र जारी छ । नेतृत्व चयनमा सर्वसम्मति खोज्दा पार्टीमा समस्या पैदा भएको छ ।

अध्यक्षमा केपी शर्मा ओली सर्वसम्मत दोहोरिन खोजेका छन् । भने उपाध्यक्ष भीम रावल अध्यक्षमा उठ्ने अडानमा छन् । सहमतिको प्रयास जारी रहेपनि उक्त सम्भावना क्षिण बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्