बझाङमा कुटपिट गरि एक पुरुषको मृत्यु 



ललित सिंह, बझाङ  ।

  बझाङमा एक पुरुषको कुटपिटबाट हत्या भएको छ । जयपृथ्बी नगरपालिका वडा नम्बर ७ ज्वाडामा कुटपिट गरी पुरुषको हत्या गरिएको हो । ज्वाडाका ४७ वर्षीय पिरु भण्डारीको सोही वडाका दिपेन्द्र थापाले शनिवार राती करिब पौने ८ बजेको समयमा हत्या गरेको जनाइएको छ ।

कुली बाँधको घाटमा आगो तापी रहेका बेला दुवै जनाबिच सामान्य भनाभन हुँदा मृतक भण्डारीले आगोको अगुल्टोले हानेको र थापाले बाहिर ल्याएर कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

कुटपिटपछि घाइते भएका भण्डारीलाई शनिवार राती उपचारको लागी जिल्ला अस्पताल ल्याइएको भए पनि उपचारको क्रममा शनिवार राती नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । भण्डारीलाई कुटपिट गर्ने दिपेन्द्र थापालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक ज्ञान बहादुर विष्टले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्