एमाले महाधिवेशन : सहमतिमै नेतृत्व चयन गर्ने प्रयास

पदाधिकारी र पोलिटब्युरो थपियो



;f}/fxf, !! d»l;/M dxflwj]zgdf ;xefuL ljb]zL kfx’gf g]skf -Pdfn]_sf] bzf}F /fli6Ço dxflwj]zgdf zlgaf/ ;xefuL ljb]zL kfx’gf . ;fydf kf6L{ g]tf s]kL zdf{ cf]nL . tl:a/M k|bLk/fh jGtÖ/f;;

दीपक रिजाल/दुर्गाप्रसाद शर्मा, चितवन ।

नेकपा एमालेको चितवनको सौराहमा जारी दशौं महाधिवेशनमा सहमतिको नेतृत्व चयन हुने सम्भावना बढेर गएको छ । चितवनको नारायणी नदीकिनारमा विशाल जनसहभागिता जुटाएर उद्घाटन सम्पन्न गरेको एमालेले दशौं महाधिवेशनमा पार्टीका सबै पदमा सहमतिमा नेतृत्व चयन गर्ने उद्देश्यले नै बन्द सत्रसमेत ५ घण्टा ढिलो गरी शुरु गरिएको छ ।

बिहान ८ बजेटबाट बन्दसत्र शुरु गर्ने पूर्वनिर्धारित कार्यक्रम र दिउँसो १ बजेदेखि शुरु हुने निर्वाचन कार्यक्रमसमेत पर धकेलिएका छन् । सहमतिका लागि निर्वाचनको कार्यतालिका नै अनिश्चित बनेको छ ।महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विपक्षीसँग मात्रै प्रतिस्पर्धा हुने तर पार्टीभित्र सहमतिकै आधारमा लोकतान्त्रिक अभ्यास हुने बताएर सहमतिमै नेतृत्व चयन गर्ने संकेत गरिसक्नुभएको छ । उहाँले पार्टीभित्रको लोकतान्त्रिक अभ्यास मूल्यांकनका आधारमा हुने भन्दै कामको मूल्यांकनका आधारमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म चयन हुन सक्ने देखिएको छ ।

सबै पदाधिकारीसहित सर्वसम्मत नेतृत्व चयन गर्ने उद्देश्यले गोदावारीमा भएको विधान महाधिवेशनबाट पारित विधानसमेत परिवर्तन गरेर पदाधिकारी थप गरिएको छ । सहमतिका लागि नै दुई उपाध्यक्ष, दुई उपमहासचिब थप गरिएको छ भने पोलिटब्युरो ब्युँताइएको छ । केन्द्रीय सदस्यसमेत थप गरिएको छ । गोदावरीमा भएको विधान अधिवेशनमा वरिष्ठ उपाध्यक्षसहित ५ उपाध्यक्ष रहने व्यवस्था भएकोमा ७ उपाध्यक्ष बनाएको छ भने एक जना उपमहासचिवको व्यवस्था भएकोमा अहिले २ पद थप गरी ३ वटा कायम गरिएको छ । ९९ सदस्यीय पोलिटब्युरोको व्यवस्था गर्ने निर्णयसमेत गरिएको छ ।

केन्द्रीय २ सय २५ सदस्य केन्द्रीयबाट ३ सय १ सदस्यीय बनाइएको छ ।पार्टी अध्यक्ष केपी शर्मा ओलीको चाहनाअनुसार नै पार्टीमा पदाधिकारी थप गरिएको छ । सहमतिमा नेतृत्व चयन नगर्दा आफ्नै टिममा पनि दुई चिरा पर्ने देखिएपछि सर्वसम्मतिमा नै नेतृत्व चयन गर्ने मनस्थितिमा ओली पुग्नुभएको हो । महासचिवमा विष्णु पौडेल र शंकर पोखरेलका बीचमा निर्वाचन हुने अवस्थामा तल्लो तहसम्म दुई नेताको गुट बन्ने र त्यसले पार्टीभित्रको आफ्नो कमान्डसमेत कमजोर बन्ने आँकलन ओलीको छ । त्यसैले उहाँले सबै नेतालाई सहमतिमा ल्याउने र पार्टीलाई एकताबद्ध रहेको सन्देश दिनका लागि सहमतिमा नै नेतृत्व चयन हुने भएको हो ।

अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका भीम रावल अहिलेसम्म पछाडि नहटे पनि उहाँलाई पनि सहमतिमै ल्याउने प्रयास हुने एमाले स्रोतले बताएको छ । केपी शर्मा ओलीले एमालेमा रहनेलाई कुनै विभेद हुँदैन भन्ने सन्देशसमेत दिन चाहेको उहाँ निकट स्रोतले बताएको छ । वरिष्ठ उपाध्यक्षमा वर्तमान महासचिव ईश्वर पोखरेललाई लैजाने अनुमान गरिएको छ तर अध्यक्ष ओलीले भीम रावललाई वरिष्ठ उपाध्यक्ष बनाएर जाने सम्भावना पनि उत्तिकै छ ।नेकपा माओवादी केन्द्रबाट आएका र पार्टीमा १० बुँदे सहमतिका पक्षधर नेताहरुलाई समेटेर नेतृत्व बनाउने क्रममा महत्वपूर्ण जिम्मेवारी दिने सम्भावना पनि देखिएको छ ।

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र भीम रावलमध्ये एक जनालाई जिम्मेवारी दिइनेछ भने उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा ‘बादल’ सुरेन्द्र पाण्डे, सुवासचन्द्र नेम्वाङ, युवराज ज्ञवाली, घनश्याम भुसाल, किरण गुरुङलगायतको सम्भावना रहेको छ । तर, सुरेन्द्र पाण्डेले महासचिवमा नै दाबी गरिरहेका छन् ।केपी ओलीलाई सहमति जुटाउन सबैभन्दा बढी समस्या भने महासचिब पदमा पुगेको छ । विष्णु पौडेल र शंकर पोखरेलले दाबी गरेका कारण समस्या भएको छ । महासचिवमा धेरै ओली निकट नेताहरु शंकर पोखरेललाई महासचिव बनाउने पक्षमा छन् तर सबैलाई समेटेर जाने स्वभावका विष्णु पौडेललाई महासचिव बनाउने सम्भावना उत्तिकै छ ।उपमहासचिवमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङको सम्भावना छ । सचिवमा योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, पद्मा अर्याल, बिन्दा पाण्डे, यमलाल कँडेल, खगराज अधिकारीलगायतको दाबी छ । पुराना केन्द्रीय सदस्यहरुलाई पोलिटब्युरोमा लैजाने र धेरै नयाँ अनुहारलाई केन्द्रीय समितिमा समेट्ने तयारी छ ।

यसअघि बन्दसत्रमा विदेशी पाहुनाले सम्बोधन गरेका थिए । भारत, कम्बोडिया, बंगादेश, श्रीलंकाका कम्युनिस्ट पार्टीका प्रतिनिधिले सम्बोधन गरेका थिए भने चिनियाँ कम्युनिस्ट पार्टीलगायतका राजनैतिक दलको सन्देश विदेश विभागका प्रमुख डा. राजन भट्टराईले पढेर सुनाउनुभएको थियो । विदेशी अतिथिहरुले नेपालसँगको सम्बन्ध भाइचाराका आधारमा रहेको बताउँदै नेकपा एमालेले नेपालमा कम्युनिस्ट पार्टीलाई एकताबद्ध बनाउन र नेपालको आर्थिक सामाजिक विकासका लागि गरेको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्नुभएको थियो ।

पार्टीमा प्रतिस्पर्धा होइन सहमति: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा सहमतिमै नेतृत्व चयन हुने सन्देश दिनुभएको छ ।बन्दसत्रलाई लामो सम्बोधन गर्दै अध्यक्ष ओलीले विपक्षीसँग मात्र हुने तर पार्टीभित्र आन्तरिक एकता नै प्रमुख हुने बताउनुभएको हो । एमालेका देशभर सर्वसम्मतिका साथ धेरै प्रतिनिधि चयन भएको कुरामा जोड दिँदै अध्यक्ष ओलीले पार्टीभित्र समझदारी, सहमति र एकताका साथ जानु नै लोकतन्त्रको अभ्यास हुन्छ भन्नुभयो । ‘विपक्षीसँग मात्रै प्रतिस्पर्धा हुन्छ’, उहाँले भन्नुभयो– ‘पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा कामको मूल्यांकनका आधारमा हुन्छ । पार्टीभित्र आन्तरिक एकता प्रमुख कुरा हो ।’

प्रतिपक्षसँग प्रतिस्पर्धाका लागि सबै तयारीका साथ लाग्नुपर्छ भन्दै उहाँले पार्टीभित्र अगाडि बढ्दा एकता प्रमुख कुरा भएको कुरामा जोड दिनुभयो । ‘एकताबद्ध भएर अघि बढ्दा बल प्राप्त हुन्छ’, उहाँले भन्नुभयो– ‘पार्टीलाई एकताबद्ध र अनुशासित पार्टीका रूपमा उभ्याउनका लागि सहमतिमा जानु आवश्यक छ ।’

महाधिवेशन उद्घाटन सत्रमा चितवनमा देखिएको अभूतपूर्व सहभागिताले ओली सबैभन्दा बढी उत्साहित हुनुभएको छ । पार्टीलाई दुईपटक विभाजन हुँदा पनि एकताबद्ध बनाउन कार्यकर्ता तहमा गरिएको योगदानका लागि उहाँले धन्यवाद दिनुभयो । अधिवेशनमा ५ लाख जनसहभागिता जुटाउने अपेक्षा थियो । उद्घाटनस्थल नारायणी नदीकिनार भरिएको थियो भने नदीको पारिपट्टि गैंडाकोटतर्फ पनि उस्तै भीड जम्मा भएको थियो । पूर्वतर्फबाट आएका सहभागीहरु टिकौलीमै रोकिएका थिए भने सभा सकिएपछि मात्रै पुग्न भ्याए भने कतिपय सहभागी बाटोबाटै फर्कनुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस्