विमलेन्द्र निधिले गरे कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आसन्न १४ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । निधिले बिहीबार नयाँ बानेश्वरस्थितआफ्नो सम्पर्क कार्यालयबाट सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।

निधिले भने, ‘लोकतन्त्र प्राप्तिका लागि विगतका संघर्षपूर्ण कठिन दिनमा अनेक सहकर्मीहरूसँगै मैले जेलनेलको लामो शृङ्खला अनुभव गरेको छु । विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवको यस चरणमा मैले नेपाली काँग्रेसको केन्द्रीय सभापति पदमा आफूलाई प्रस्तुत गरेको छु ।’

कांग्रेसमा हालसम्म औपचारिक रूपमा सभापतिको उम्मेदवारी कल्याण गुरुङले घोषणा गरेका थिए । बिहीबार निधिले घोषणापत्र सहित उम्मेदवारी घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्