आर्थिक अभियान दैनिकका सम्पादकीय निर्देशक गौतमलाई नाफिजको सम्मान



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आर्थिक अभियान दैनिकका सम्पादकीय निर्देशक केशव गौतमलाई सम्मान गरेको छ । बुधबार राजधानीमा आयोजित ‘अर्थचित्र’ विमोचन तथा पत्रकार सम्मान कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले गौतमलाई सम्मान गरेका हुन् ।

नाफिजले पत्रकार गौतमले २० वर्षदेखि आर्थिक पत्रकारिताको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै गौतमलाई सम्मान गरेको जनाएको छ ।

पत्रकार गौतमले आफूलाई सम्मानको योग्य ठान्ने नाफिजलाई धन्यवाद दिंदै आर्थिक पत्रकारले आर्थिक क्षेत्रमा खोजी गरी रिपोर्टिङ गर्नुपर्ने बताए । उनले आर्थिक पत्रकारहरुमा भाषालाई सहज र सरल बनाउन निकै चुनौती रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्