कोभिड १९ अपडेटः भारतमा १ सय १६ करोड ८७ लाख भन्दा बढी खोप प्रदान



इन्डिया न्युज नेटवर्क । 

गत २४ घण्टामा भारतमा ३२ लाख ९९ हजार ३ सय ३७ खोप प्रदान गरिएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार यो सँगै भारत मा हालसम्म १ सय १६ करोड ८७ लाख भन्दा बढी खोप प्रदान गरिएको छ ।

मन्त्रालयका अनुसार यी सबै खोप १ करोड २० लाख ७७ हजार ३ सय २४ सत्र मार्फत प्रदान गरिएका हुन्। यसका साथै गत २४ घण्टामा १२ हजार ५ सय १० जना संक्रमित विरामी निको भएका छन्। हालसम्म भारतमा निको हुनेको कूल संख्या ३ करोड ३९ लाख ३४ हजार ५ सय ४७ पुगेको छ । जसका कारण भारतको संक्रमण मुक्त दर ९८ दशमलव १३ प्रतिशत पुगेको छ ।केन्द्र, राज्य सरकार, र केन्द्र शासित प्रदेश को संयुक्त प्रयासका कारण लगातार १ सय ४८ दिन भारतमा ५० हजार भन्दा कम नँया संक्रमित विरामी थपिएका छन्।गत २४ घण्टामा ८ हजार ४ सय ८८ जना नँया संक्रमित विरामी थपिएका छन् । सक्रिय संक्रमित संख्या भने १ लाख १८ हजार ४ सय ४३ पुगेको छ । हाल सक्रिय संक्रमित संख्या देशको सकारात्मक संक्रमित संख्या को ० दशमलव ३४ प्रतिशत पुगेको छ । सन् २०२० मार्च महिना देखि यो दर लगातार घट्दै गएको छ ।

यसका साथै देशमा परीक्षण क्षमता पनि निरन्तर रुपमा बढाउँदै लगिएको छ । गत २४ घण्टामा ७ लाख ८३ हजार ५ सय ६७ वटा नमुना परीक्षण गरिएको छ । हालसम्म भारतमा ६३ करोड २५ लाख २४ हजार २ सय ५९ वटा नमुना परीक्षण भइसकेको छ ।त्यस्तै साप्ताहिक सकरात्मक दर पनि हाल ० दशमलव ९३ प्रतिशतमा रहेको छ । लगातार ५९ दिन सो दर २ प्रतिशत भन्दा कममा कायम रहँदै आएको छ । दैनिक सकारात्मक दर हाल १ दशमलव ०८ प्रतिशत पुगेको छ । लगातार ४९ दिन दैनिक सकारात्मक दर २ प्रतिशत भन्दा कम मा कायम रहँदै आएको छ भने लगातार ८४ दिन ३ प्रतिशत भन्दा कममा कायम रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्