रसुवामा टाटासुमो दुर्घटना हुँदा एकको मृत्यु ६ जना घाइते



सरस्वती न्यौपाने, रसुवा ।

जिल्लाको गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ६ ठाडेमा यात्रुवाहक टाटासुमो दुर्घटना हुँदा एकको मृत्यु  भएकाे छ भने ६ जना घाईते भएका छन ।

पासाङल्हामु राजमार्ग अन्तर्गत ठाडे क्षेत्रमा मंगलवार साझ काठमाडौवाट रसुवाको सदरमुकाम धुन्चे तर्फ आईरहेको ना१ ज ६१७६ नम्बरको टाटासुमोले पैदल यात्रुलाई ठक्कर दिँदा चार वर्षिय बालिका नैना घलेको मृत्यु भएको छ । सुमो भित्र रहेको चार जना र दुई जना पैदल यात्रु घाईते भएका छन् ।

उक्त टाटासुमो सडकबाट करिव ५० मिटर तल खसेको छ । सुमोमा सवार उर्जा घले,आठ वर्षिय करण घले,चालक छिरिङ दार्जे तामाङ,निमा दोर्जे तामाङ गम्भीर घाईते भई त्रिशूली अस्पताल र काठमाडौ को ग्रिनसिटि अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्