रन फर प्रोटिन पुस ३ गते



काठमाडौं  । 

नेपाल भेटनरी एसोसिएनको आयोजनामा आगामी पुस ३ गते काठमाडौंमा रन फर प्रोटिन हाफ म्याराथन हुने भएको छ ।प्रतियोगितामा खुल्ला हाफ म्याराथन, पुरुष १० किमि, महिला ५ किमि, १२ कक्षासम्मका विद्यार्थीलाई ५ किमि पुरुष र ३ कि मी महिला तथा फरक क्षमता भएका व्यतिmहरूको लागि ह्विलचेयर गरी ६ विधा समावेश गरिएको आयोजक नेपाल भेटनरी एसोसिएनका अध्यक्ष डाक्टर सितलकाजी श्रेष्ठले जानकारी गराए ।

हाफ म्याराथनको महिला तथा पुरुषको विजेताले समान १ लाख रुपैया हात पार्नेछ । दोस्रो हुनेले ७५ हजार, तेस्रो हुनेले ५० हजार, चौथो हुनेले ४० हजार र पाँचौं हुनेले ३० हजार रुपैयाँ हात पार्नेछ । १० किलोमिटरको विजेताले ५० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले ३० हजार, चौथो हुनेले २० हजार र पाँचौ हुनेले १० हजार रुपैयाँ हात पार्नेछ ।५ किलोमिटर पुरुषतर्फ र ३ किलोमिटर महिलातर्फको विजेताले समान ३० हजार रुपैयाँ हात पार्नेछ । दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १५ हजार, चौथो हुनेले १० हजार तथा पाँचौं हुनेले ५ हजार रुपैयाँ हात पार्नेछ । ह्विल चेयरको विजेताले ३० हजार, दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १५ हजार, चौथो हुनेले १० हजार र पाँचांै हुनेले ५ हजार रुपैयाँ हात पार्ने आयोजकले जनाएको छ । पुरस्कारमा मात्रै १० लाख ५० हजार रहेको छ ।

म्याराथन दशरथ रंगशालाबाट शुरू भएर थापाथली, माइतीघर, नयाँ बानेश्वर, तिनकुने, कोटेश्वर, गठ्ठाघर, राधे–राधे भाटभटेनी स्टोर हुँदै सोही रुट फिर्ता भएर दशरथ रंगशालामा आएर टुंगिनेछ । यस प्रतियोगितालाई नेपाल दाना उद्योग संघ, नेपाल पशुपन्छी औषधि व्यवसायी संघ, नेपाल ह्याचरी उद्योग संघ, नेपाल अण्डा उत्पादक संघ लगायतका संस्था सहयोगीको रूपमा रहेका छन् । दौडलाई नेपाल एथलेक्सिक एसोसिएसनले मान्यता दिनुका साथै प्राविधिक सहयोग समेत गरेकोे सचिव आरके विष्टले जानकारी गराए ।

यस प्रतियोगितामा नेपाल दाना उद्योग संघ, नेपाल पशुपन्छी औषधि व्यवसायी संघ, नेपाल ह्याचरी उद्योग संघ, नेपाल अण्डा उत्पादक संघ लगायतका संस्था सहयोगीको रुपमा रहेका छन् । दौड प्रतियोगितालाई नेपाल एथलेटिक एशोसिएसनले मान्यता दिनुका साथै प्राविधिक सहयोगसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्