प्रहरी र जनप्रतिनिधिकै संरक्षणमा गाँजा खेती



कृष्णउदास खनाल, वीरगन्ज  ।

पर्सामा फेरि गाजा गाजा खेती फस्टाएको समाचारहरु सार्वजनिक भएपछि प्रहरीले गाँजा खेती नष्ट गर्ने अभियानलाइ तिब्रता दिएको छ । यसैक्रममा प्रहरीले पर्साको ठोरी गाँउपालिका वडा नम्बर ३ र ४ का विभिन्न स्थानमा अवैध रुपमा लगाइएको गाजा खेती नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले ती स्थानमा सुर्ती खेती गरिएको खेतमा रोपिएका करिब २ लाख गाजाको बोट फाँडेर नष्ट गरेको हो । ठोरी गाँपालिका वडा नम्बर ३ र ४ स्थित ८ बिघा क्षेत्रफलमा लगाइएको गाजा खेती नष्ट गरिएको पर्साका प्रहरी उपरिक्षक बेल बहादुर पाण्डेले बताउनुभयो । यसअघि गत कात्तिक ३० गते पनि ठोरी ३ र ४ मै प्रहरीले ११ बिघा जग्गामा लगाइएको करिब २ लाख २० हजार वटा गाजाको बोट फाँडेर नष्ट गरेको थियो ।

पर्सामा फेरि गाजा खेती गर्न थालिएको सुचना पा्रप्त भएपछि प्रहरीले जिल्लाभर नै अभियान थालेर गाजा खेती नष्ट गर्न थालेको प्रहरी उपरिक्षक पाण्डेले बताउनुभयो । गाजा खेती गरिएको स्थान पत्ता लगाउन पर्सा प्रहरीले गाँउ गाँउमा सुराकी नै खटाइसकेको भन्दै प्रहरी उपरिक्षक पाण्डले गाजा खेतीलाइ विस्थापित गर्न जिल्लावासीको सहयोग आवश्यक रहेको बताउनुभयो । जिल्लाको कुनै पनि स्थानमा कसैले गाजा रोपेको भए त्यस बारे प्रहरीलाइ सुचना दिएर सहयोग गर्न पनि प्रहरी उपरिक्षक पाण्डेले अपिल गर्नु भएको छ ।

प्रहरीले पर्सा जिल्लालाइ गाजा खेती मुक्त जिल्ला बनाउन गाजा खेती फाड्ने अभियान थालेको भएपनि स्थानीय पालिका जनप्रतिनिधीहरुले भने प्रहरीलाइ सहयोग नगरिदिदा प्रहरीलाइ समस्या भएको गुनासो पाण्डेले गर्नु भयो । गाजा खेती नष्ट गर्न प्रहरी टोली जादा जनप्रतिनिधीहरुले गाजा खेती गरेका जग्गाधनीको बारेमा जानकारी दिन नमान्दा गाजा खेती गर्नेहरुलाइ पक्राउ गरि कार्वाही गर्न नसकिएको प्रहरी उपरिक्षक पाण्डेले बताउनुभयो ।

यस्तै गाजा खेतीको संरक्षणमा प्रहरीको पनि संलग्नता रहेको सुचना आएकाले ग्रामीण क्षेत्रका मातहतका प्रहरी चौकी र कार्यालयका प्रहरी इन्चार्जहरुलाइ आन्तरिक कार्वाही गर्न पनि थालिएको प्रहरी उपरिक्षक पाण्डेले बताउनुभयो । पर्सा जिल्लामा एक दशक पहिले विस्थापित भएको गाजा खेती अहिले भने फेरि फस्टाएको छ । दुइ वर्ष यता कोभिड १९ संक्रमण नियन्त्रण र लकडाउनमा जिल्लाका सुरक्षाकर्मीको ध्यान केन्द्रित भएको मौका छोपेर किसान र कारोबारीहरु गाजाको खेती गर्न हौसीएका हुन् । खासगरि राष्ट्रिय वन र निकुन्जसंग जोडिएका गाँउहरुमा अहिले व्यपाक परिमाणमा गाजाको खेती गरिएको छ ।

यस्तै वन अतिक्रमण गरिएको जग्गा र खोलाको बगरमा पनि कारोबारी र किसानहरुले व्यापक मात्रामा गाजा रोपेका छन् ।जिल्लाको विजयवस्ती , निर्मलवस्ती , ओडार ,ब्रम्हनगर , रामनगर ,सोनवर्षा , गादी, शंकरसरैया , पटेर्वासुगौली , सुवर्णपुर , मधुवन मथवल , प्रसौनीविर्ता , निचुटा लगायतका गाँउहरुमा गाजा रोपिएको हो । एक दशक देखि गाजाको खेती बन्द भएका कारण पर्सामा गाजाको बीउको अभाव भएपछि यहाका किसानहरुले मकवानपुर र धादिङका पहाडी गाँउबाट बीउ ल्याएर गाजा रोपेका हुन् । जनप्रतिनिधी र स्थानीयले साथ दिए पर्सालाइ फेरि पनि गाजा खेती मुक्त जिल्ला बनाउन सकिने प्रहरी उपरीक्षक पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्